/एकै व्यक्तिको कोरोना परीक्षणमा अलगअलग रिपोर्ट: विश्वसनीयतामा शंका

एकै व्यक्तिको कोरोना परीक्षणमा अलगअलग रिपोर्ट: विश्वसनीयतामा शंका

रिसेस

कोरोना भाइरस संक्रमणको परीक्षणमा कुन हदसम्मको लापरवाही हुन्छ भन्ने उदाहरण बारम्बार पेश हुँदै आएको छ ।

शनिबार पोखरामा घटेको घटनाले पनि यस्को परीक्षणको विश्वसनीयतामाथि नै पुनः प्रश्न चिन्ह लागेको छ । मनिपाल अस्पतालमा उपचाररत एक पुरुषमा पहिला कोरोना परीक्षण पोजिटिभ आएको जानकारी दिइयो तर त्यस्को एकाध समय नवित्दै पुनः नेगेटिभ रिपोट आएको भनेर पूर्व रिपोर्ट सच्याइयो ।

पोखराको मनिपाल अस्पतालको हाड जोर्नी बिभागमा भर्ना भएका ४३ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार दिइएको थियो ।

उनी बुधबार देखि उक्त वार्डमा उपचार गराईरहेका थिए भने उनको शुक्रबार रिपोर्ट पोजेटिभ आएको थियो । यस सँगै अस्पतालको हाडजोर्नी बिभाग सिल् गर्ने तयारी भइरहदा उनको अर्को रिपोर्ट नेगेटिभ आएको जानकारी दिइयो ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डाईरेक्टर विनोदविन्दु शर्मासंग यो बिषयमा बुझ्दा उनले आफुलाई यस बिषयमा जानकारी नभएको बताउनु भयो । हाल बिरामी मनिपालको हाडजोर्नी वार्डमा उपचार गराईरहेका छन ।

यसरी एउटै ब्यक्तिको एकै दिनमा दुई अलग रिपोर्ट निस्कदा कुन रिपोर्टलाई आधिकारिक मान्ने अन्यौलता उत्पन्न भएको छ । र, यसले गण्डकी प्रदेशमा रहेको पीसीआर परीक्षणको विश्वसनीयतामा प्रश्न उठेको छ भने ल्याबमा काम गर्नेहरुको लापरवाही पनि छर्लङ पारेको छ ।