/नेपालमा कोरोना संक्रमित साढे ९ हजार

नेपालमा कोरोना संक्रमित साढे ९ हजार

रिसेस

नेपालमा आइतबार थप ५३५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ । संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन्, भने २३ जनाले ज्यान गुमाएका छन् ।

सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ।