/सिपिएलमा सन्दीपले आफ्नो मूल्य १ करोड बढी तोके

सिपिएलमा सन्दीपले आफ्नो मूल्य १ करोड बढी तोके

एजेन्सीः सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल)ले आज खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ । ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्

। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य ९१ करोड ८ लाख ५७ हजार रुपैयाँ० तोकेका छन्। ड्राफ्टका लागि ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा परेका छन्। २३ देशका खेलाडीले सिपिएलका लागि नाम दर्ता गराएका छन् ।

सन्दीपसँगै ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, डेभिड मिल्लर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डिुआर्ची सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन् । सर्वाधिक मूल्य राख्नेमा भने पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन्। उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् ।

कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ । लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुने तय छ । तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ ।