/कोरानो संक्रमितको शव व्यवस्थापन गर्न अस्पतालै बन्द, निजी अस्पतालमा बिरामी पठाउन चलखेल

कोरानो संक्रमितको शव व्यवस्थापन गर्न अस्पतालै बन्द, निजी अस्पतालमा बिरामी पठाउन चलखेल

उत्तम पाैडेल

 पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बुधबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न लागि आफ्नो सम्पूर्ण सेवा नै बन्द गरेको छ ।

असार ८ गते पोखराको फेवासिटी अस्पतालबाट प्रतिष्ठानको आईसोलेसनमा ल्याइएका संक्रमितको बुधबार (१० गते) राति ११:३५ मा मृत्यु भएको थियो । सोही शवको व्यवस्थापन गर्ने भन्दै ५०० शैयाको अस्पतालले आकस्मिक बाहेकका आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने बताएकाे हाे । यसले गण्डकी प्रदेशकै ठूलो र कोरोना डेडिकेटेड अस्पतालको हालत प्रष्ट भएको छ भने प्रतिष्ठानको सेवा बन्द गरेर उपकुलपति तथा अन्य डाक्टरले आफ्ना प्राईभेट अस्पतालमा बिरामी पठाउने गरेको श्रोतको दाबी रहको छ ।

यसैबीच एक जनाको शव व्यवस्थापन गर्नका लागि अस्पतालले आज एक सुचना प्रकाशित गरेर आफ्ना सेवा बन्द गरेको जानकारी गराएसँगै सो अस्पतालमा सेवा लिने बिरामी अलपत्र परेका छन् । सेवा बन्द गर्दा दैनिक २० जना मृगौलाका बिरामीका लागि डायलासिसको समस्या हुने गुनासो बढेको छ ।

त्यस्तै दैनिक ३०-३५ वटा सामान्य डेलिभरि केस तथा ५-७ जनाको अप्रेशनबाट बच्चा निकाल्ने अप्रेसन हुने कार्यमा पनि अस्पताल बन्द गरेर प्राईभेट अस्पतालमा पठाउने गरेको श्रोत बताउँछ । सो अस्पतालमा प्रसुति तथा स्त्रीरोगका बिरामी पनि प्राईभेट अस्पताल जानुपर्ने बाध्यता भएको छ । प्रतिष्ठानका उपकुलपति बुद्धि बहादुर थापा र डारेक्टर अर्जुन आचार्यले अस्पतालका अन्य सेवा बन्द गरेर प्राईभेट अस्पताललाई प्रश्रय दिएको आरोप उनीहरु माथि लागेको छ ।

यसरी गण्डकी प्रदेशकै विश्वासिलो मानिएको अस्पलालले एउटा शव व्यवस्थापन गर्नका लागि अस्पतालका सबै सेवा बन्द गर्नु गैह्र-जिम्मेवारीकाे पराकाष्ठा भएको भन्दै सेवाग्रहीहरु आक्रोशित बनेका छन् । यसअघि गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएका पहिलो व्यक्तिको शव १८ घण्टापछि मात्र व्यवस्थापन भएको थियो ।