/३० वर्षपछि प्रिमियर लिगको उपाधि लिभरपुललाई

३० वर्षपछि प्रिमियर लिगको उपाधि लिभरपुललाई

एजेन्सी

लिभरपुलले ३० वर्षपछि इङलिस प्रिमियर लिगको उपाधी आफ्नो पोल्टामा पारेको छ ।

बिहिबार राति भएको खेलमा चेल्सीले म्यानेष्टर सिटीलाइ २-१ ले पराजित गरेसँगै लिभरपुलले लिगको उपाधी जितेको हो ।

अंकतालिकाको शीर्षस्थानमा रहेको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि जितेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ ।

चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ ले कम गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा खेलको ३६ औं मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा अग्रता बनाएको थियो ।

खेलको ५५ औं मिनेटमा सिटीका केभीन डे ब्रुएनले बराबरी गोल फर्काए। खेलको ७८ औं मिनेटमा चेल्सीका विलियनको पेनाल्टीमा गोल गर्दै पुनः अग्रता बनाएको थियो ।

भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए । गएराति नै भएको खेलमा आर्सनलले साउथहेमप्टनलाइ २-० ले तथा वर्नलीले वार्टफोर्डलाइ १–०ले पराजित गरे ।