/नेपालमा कोरोनाले २७ को ज्यान गयो, संक्रमित ११  हजार ७  सय ५५ 

नेपालमा कोरोनाले २७ को ज्यान गयो, संक्रमित ११  हजार ७  सय ५५ 

रिसेस

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको छ ।

उनको राप्ति अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको घोषणा गरिएको थियो ।

उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ पुग्यो भने पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् । ९ हजार ३० जना आइशोलेशनमा रहेका छन् ।