/डेभिज फल फुटबल एकेडेमीलाई सेन्टरको सहयोग

डेभिज फल फुटबल एकेडेमीलाई सेन्टरको सहयोग

रिसेस

पोखरा रिसर्च सेन्टरले डेभिज फल फुटबल क्लबलाई सहयोग गरेको छ ।

सेन्टरले कोरोनको कहर र लकडाउनले पारेको समस्यालाई केही हदसम्म सहयोग होस् भन्ने हेतुले करिब ६० हजार रुपैयाँबराबरको जिन्सी सहयोग गरेको हो ।

क्लबले सुरु गरेको एकेडेमीले खेल क्षेत्रलाई टेवा दिने भन्दै सहयोग गरेको सेन्टरका सुजन रेग्मीले बताए ।

सेन्टरको सहयोगप्रति क्लबका अध्यक्ष पुष्प बरालले धन्यवाद व्यक्त गरेका छन् । सहयोगमा खाद्यान्नलगायतका सामग्री रहेका छन् ।

विभिन्न मानवीय सेवा गर्दै आएको छोरेपाटनस्थित क्लबले पछिल्लो समय फुटबल एकेडेमीसमेत सञ्चालन गरेको छ । एकेडेमीमा हाल ५ दर्जन बालबालिकका आबद्ध छन् ।