/क्षेत्र र सदस्यता विस्तार गर्दै स्वतन्त्र राष्ट्रिय अभियान

क्षेत्र र सदस्यता विस्तार गर्दै स्वतन्त्र राष्ट्रिय अभियान

रिसेस

भ्रष्टाचारविरुद्ध संगठित र ‘राइट टु रिजेक्ट’ अर्थात बहिष्कार गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले स्थापित स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले सांगठनिक क्षेत्र र सदस्यता विस्तारलाई तीब्रता दिने भएको छ ।

नेपाली राजनीतिमा विशेषतः उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र र दुई दलीय व्यवस्थामा जोड दिएको अभियान पछिल्लो समय अमेरिकी सहश्राब्दी चुनौती परियोजना (एमसीसी)को विरोध, भ्रष्टाचारविरुद्धको आन्दोलन, दलका नेताहरुको सम्पत्ती छानबीनलगायतमा केन्द्रित छ ।

जनताले संसदीय निर्वाचनमा मतदान गर्ने तर मतबाट विजयी प्रतिनिधिले अपेक्षाअनुरुप काम नगरेको अवस्थामा फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ मान्य हुनुपर्ने बताएको छ । कुनैपनि उच्चपदस्थ व्यक्ति प्रत्यक्ष निर्वाचित हुनुपर्ने अभियानले बताएको छ ।

अभियानमा आबद्ध हुन चाहनेहरुले कास्कीमा सम्पर्क गर्न संयोजक तोकेको छ । कास्कीमा सुनिल कोइरालालाई संयोजक चयन गरिएको छ । प्रत्यक्ष सम्पर्क गर्न सजिलो होस् भन्ने हेतुले फोन नम्बर ९८५६०–२५०१० सार्वजनिक गरिएको छ । कास्कीमा पोखरा महानगर समितिको गठन गर्ने तयारीमा रहेको कास्की संयोजक कोइरालाले बताए ।

अभियानको हालसम्म ७० जिल्लामा समिति गठन गरिएको छ । १ सय ३० जना सदस्य रहेको केन्द्रीय समितिका संयोजक स्वागत नेपाल रहेका छन् । लकडाउनपश्चात् अधिवेशनको मिति सार्वजनिक गरिने अभियानले जनाएको छ ।

 

स्वतन्त्र राष्ट्रिय अभियानकाे अवधारणापत्र