रिसेस
नेपालमा आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३५८ पुरुष र १०५ महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ ।
आइतबार कोरोना संक्रमण निको भई १७९ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ३०१३ जना पुगेको छ भने कोरोनाबाट २८ जनाको मृत्यु भएको छ ।