/चीनमा सुँगुरबाट अर्काे भाइरस फेला

चीनमा सुँगुरबाट अर्काे भाइरस फेला

एजेन्सी

विश्वभर कोरोना महामारी फैलिरहेका बेला चीनमा फेरि अर्को भाइरस फेला परेको छ । नयाँ भाइरसमा पनि महामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूले बताएका छन् । सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायत सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको दाबी छ । नयाँ भाइरसप्रति सचेत हुनुपर्ने सुझाव बैज्ञानिकहरूको छ ।