काठमाडौंः सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस्तै, बैठकले प्रदश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्ने निर्णय पनि गरेको छ ।
यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय लिएको थियो ।