/पिसिआर परीक्षण बढाउन भन्दै कांग्रेस स्वास्थ्य मन्त्रालय पुग्यो

पिसिआर परीक्षण बढाउन भन्दै कांग्रेस स्वास्थ्य मन्त्रालय पुग्यो

काठमाडौँः नेपाली कांग्रेसले क्वारेन्टाइनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा बढाउन बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेद्वारा गठित कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

क्वारेन्टाइन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरि काम अघि बढाएको बताएका छन् ।