/जिउँदै स्वर्ग जाने सर्टिफिकेट भिडाउने पाष्टर ३ महिनापछि रिहा

जिउँदै स्वर्ग जाने सर्टिफिकेट भिडाउने पाष्टर ३ महिनापछि रिहा

दिपक के श्रेष्ठ
पोखराको लेखनाथस्थित पावरहाउसमा प्रशस्त कटनी मण्डली नामक चर्च चलाएर बसेका केशव आचार्य डाेल्पाबाट रिहा भएका छन् ।
आफुलाई पाष्टर बताएर बाइबल छुवाउँदै मण्डलीमा सहभागी भएकालाई विभिन्न रोगको उपचार गरेको भिडियो सार्वजनिक भएपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । यहाँ पक्राउ गरी मुद्दा चलाएर डोल्पा स्थानान्तरण गरेको थियो ।
जुम्ला, सिँजा गाउँपालिका– १ घर भई पोखरा उपमहानगरपालिका ३२ बस्ने क्रिस्चियन धर्मका पास्टर आचार्यले मण्डलीमा जिउँदै स्वर्ग जाने सर्टिफिकेट दिने गर्दथे । त्यस्तै, विभिन्न रोगको उपचार गर्न ‘सान्ताराबा, रिकाराबा’ भन्ने  ‘राेग निकाे भयाे, अब फुँ गर्नुहोस्’ भन्दै सहभागीलाई भ्रम छर्थे ।
उनै आचार्यलाई प्रहरीले गत चैतको दोस्रो साता कास्कीमा पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरिएपछि रिहाई गर्नुपर्ने दबाबकासाथ गण्डकी प्रदेशका सामाजिक विकास तथा कानुन मन्त्री हरिबहादुर चुमान,भरतपुर महानगरकी
उपमेयर पार्वती शाह ठकुरीदेखि पोखरा महानगर–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीसहितले प्रहरीलाई फोन गरेका थिए ।
कोरोनाभाइरस नेपालमा फैलदै गरेका बेला ‘भाग् कोरोना’ भन्दै प्रवचन दिएको भिडियो निकै हास्याँस्पद र आलोचनाले भरिएको थियो । आचार्यले आज आफ्नै फेसबुकमार्फत आफु रिहा भएको जानकारी दिएका छन् ।
Yesterday I came from Dolpa prison, thank God and thank you all who pray for me and my family.
म डाेल्पा जिल्ला कारागार बाट हिजाे तिनलाख धराैटिमा तारिखमा छुटेकाेछु परमेश्वर पितालाई महिमा साथै धन्यवाद हाेस र मेराे निम्ति र परिवारकाे निम्ति प्राथना गर्ने सम्पुर्ण लाई धन्यवाद छ। मुद्दा फैसला नहुन्जेलसम्म निरन्तर प्राथना गरिदिनुहुन सबैलाई अनुरोध गर्दछु ।