/नेपालमा कोरोनाले ३० बिते, १४ हजार ४६ संक्रमित

नेपालमा कोरोनाले ३० बिते, १४ हजार ४६ संक्रमित

रिसेस 

कोरोना भाइरसको कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बुधवार थप ४ सय ८२ जना संक्रमित भेटिएका छन् । जस मध्ये महिला ११७ र ३६५ पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा गौतमले जानकारी दिएका छन् । मन्त्रालएका अनुसार कोरोनाका कारण नेपालमा बढि बालबालिका संक्रमण हुने क्रम बढेको छ नेपालमा हाल सम्म २ हजार भन्दा बढि १८ बर्ष मुनिका बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ ।