/गण्डकी खबरः कांग्रेस साँसद खड्काले सबै सुविधा फिर्ता गर्ने

गण्डकी खबरः कांग्रेस साँसद खड्काले सबै सुविधा फिर्ता गर्ने

रिसेस

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कुमार खड्काले आफूले संसद सचिवालयबाट पाउने सबै प्रकारको सुविधा फिर्ता गर्ने घोषणा गरेका छन् । उनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् ।

बिहीबार गण्डकी प्रदेशसभाको बैठकमा स्थानीय तहका जनप्रतिनिधिको सेवा-सुविधासम्बन्धी विधेयक पेस हुने कार्यसूची थियो । यसअघिको कानुन सर्वोच्चले खारेज गरिदिएको थियो । त्यसपछि प्रदेश सरकारले मस्यौदा गरेको नयाँ विधेयकले पहिलेभन्दा धेरै सुविधा बढाएर ल्याएको छ ।

सोही विधेयक प्रदेशसभामा टेबुल हुनुपूर्व उनले संसदमा बोल्दै कोरोना कहरका बेलामा सरकारले स्थानीय तहका पदाधिकारीको सेवा.सुविधासम्बन्धी विधेयकको विरोध गर्दै उनले आफ्नो सुविधा त्याग्‍ने घोषणा गरेका हुन् ।

समितिको सभापतिबापत् पाएको गाडी र चालक आजकै मितिदेखि फिर्ता गर्ने उनले घोषणा गरेका हुन् ।

आज सदनमा पेस हुन लागेको विधेयकमाथि कांग्रेसले बुधबारै विरोधको सूचना दर्ता गरेको छ । जनता समाजवादीले पनि विधेयकको विरोध गरेको छ ।