/नेकपाका ‘बिग हेड’ निर्णायक वार्तामा

नेकपाका ‘बिग हेड’ निर्णायक वार्तामा

काठमाडौँः संसद स्थगन र पछिल्लो राजनीतिक घटनाक्रममा सरकार आलोचनाबीच गुज्रिएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता सुरु भएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समधानका लागि निर्णायक वार्ता सुरु भएको हो ।

शुक्रबार मध्यान्ह १२ बजे दुई अध्यक्षबीच वार्ता सुरु भएको बालुवाटार स्रोतले बताए । ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता भएसँगै अन्य नेताहरु पनि आन्तरिक संवादमा जुटेका छन् ।