/२४ जुलाईमा सुशान्त सिंहको अन्तिम फिल्म दिल बेचारा रिलिज हुने

२४ जुलाईमा सुशान्त सिंहको अन्तिम फिल्म दिल बेचारा रिलिज हुने

कोरोना भाइरसका कारण सिनेमा हल बन्द हुँदा सिनेमा क्षेत्रमा ठुलो असर परेको देखिएको छ । हलिवुडदेखि बलिवुड र नेपाली सिनेमा प्रेमीका लागि सिनेमा हल बन्द हुँदा सिनेमाको व्यापारदेखि सिनेमा हल व्यवसायीदेखि यसको असर कलाकारहरुलाई पनि परेको देखिएको छ ।

यसैबीच सिनेमा दल खुल्ने अनिश्चितताका बीच बलिवुडका कैयौं सुपरस्टारहरुले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्ने घोषणा गरेका छन् । ओभर द टप (ओटीटी) प्लेटफर्म भनिने डिजिटल प्लेटफर्ममा अक्षयकुमार, अजय देवगन, संजय दत्त, अभिषेक बच्चन, आलिया भट्ट, बरुण धवन जस्ता स्टारहरुका फिल्म रिलिज हुने भएका छन् ।

जुलाई देखि अक्टोबरसम्म रिलिज हुने गरि अहिलेसम्म अक्षयकुमारको लक्ष्मी बम, अजय देवगनको भुज, आलिया भट्टको सडक २, सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा, अभिषेक बच्चनको द बिग बुल, खुद हफिज, लुट जस्ता फिल्म रिलिज हुने बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यी सबै फिल्म डिसनी प्लस हटस्टारमा रिलिज हुने छन् ।

यसमा सबैभन्दा पहिला सुशान्तको अन्तिम फिल्म दिल बेचाराको प्रिमियर हुने बताइएको छ । सुशान्तको फिल्मको रिलिज मिति २४ जुलाई तोकिएको छ । यस फिल्ममा सुशान्तको जोडीमा सञ्जना सांघी रहेकी छिन् ।

डिजिटल रिलिज हुने भएपछि सिनेमा प्रेमी उत्साहित भएका छन् ,भने अहिले बलिवुडमा सुशान्तको मृत्युपछि आलोचित बनेकी अभिनेत्री आलिया भट्टको सडक २ लाई भने सकारात्मक प्रतिक्रिया आएको छैन । सुशान्तको आत्महत्या प्रकरणमा लगातार मिडिया र सामाजिक संजालमा महेश भट्ट र आलियामाथि आलोचना भइरहेकोले यसको असर सडक २ लाई हुनसक्ने बताइएको छ । एजेन्सी