रिसेस
विश्व विकास बैंक, फेवा फाइनान्स हुँदै गण्डकी विकास बैंक राजधानीमा केन्द्रिय कार्यालय रहेको मेगा बैंकसंग मिलेपछि आइतबारदेखि एकीकृत कारोबर सुरु भएको छ ।
एकीकृत कारोबारको शुभारम्भ गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले ठूलो पुँजी र ठूलो लक्ष्य राख्न सक्नुपर्ने बताए । देशलाई आर्थिक क्षेत्रमा टेवा दिन व्यवसायमुखी हुन उनले सुझाव दिए ।
एकीकृत मोडलमा गएपछि बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ बढी छ । अब बैंकको ग्राहक संख्या अब ११ लाख बढी छ भने शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटिएम १ सय ४२ वटा भएको छ ।
मेगाले १ कित्ता सेयर बराबर १ स्वाप रेसियोमा गण्डकीसँग कारोबार मिलाएको हो ।
त्यस्तै, बैंकको सञ्जाल ५८ जिल्लामा फैलिएको छ ।