/आज कास्कीमा ४ सहित गण्डकी प्रदेशमा २० संक्रमित थपिए

आज कास्कीमा ४ सहित गण्डकी प्रदेशमा २० संक्रमित थपिए

आज गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित पाइएका छन् ।

स्वास्थ्य निर्देशनालाय गण्डकी प्रदेशले भर्खरै दिएको जानकारी अनुसार पोखरामा ४ संक्रमित भेटिएका छन् । जसमध्ये १ महिला र ३ पुरुष छन् । त्यस्तै, आज सबैभन्दा बढी लमजुङमा ५ संक्रमित पाइएका छन् । उनीहरु सबै पुरुष हुन् ।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ४, गोरखा, म्याग्दी र बाग्लुङमा २ जनाका दरले ५ र तनहुँमा १ जना संक्रमित पाइएको निर्देशनालयले जनाएको छ । उनीहरुमध्ये नवलपरासीका संक्रमितलाई आइसोलेशनमा राखिएको छ भने अन्य जिल्लाका संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।

प्रदेशमा हालसम्म ३ सय ५६ जना स्वस्थ भई फर्किएका छन् । रिसेस