त्यस्तै पोखरा महानगरपालिका २५ हेमजाका रामचन्द्र अधिकारीको घर बगाउदा उनका ७० बर्षीय हिमकलि अधिकारी ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी पहिराेमा परी ज्यान गुमाउनेमा पोखरा २६ का दुर्गा बहादुर सुनार रहेका छन् । पहिरोले स्थानीय टङ्कबहादुर थापासहित अन्य केही घर बगाउदा उनीहरूकाे ज्यान गएकाे प्रहरीकाे भनाइ छ । थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम भएकाले उनको घरमा धेरै संख्यामा मानिस भेला भएका थिए ।
घटनामा तीन वटा बाख्रा पनि पुरिएका छन् । त्यस्तै पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको पनि घर बगाएको हाे । अन्य ८ जना घाइते भएका छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।