/म्याग्दी अपडेटः बाढी पहिरोका कारण ३२ सम्पर्कविहीन

म्याग्दी अपडेटः बाढी पहिरोका कारण ३२ सम्पर्कविहीन

म्याग्दीः म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा ३२ जना सम्पर्कविहीन भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका क्षेत्रमा पहिरो जाँदा उनीहरु बेपत्ता हुन् । धौलागिरीको मराङमा २२ जना र ताकमा दुई जना बेपत्ता भएका छन् ।

मालिका गाँउपालिकामा आठ जना बेपत्ता भएका छन् । पहिरोमा बेपत्ताको स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् । जिल्लाका अन्य विभिन्न स्थानमा पनि बाढी र पहिरोले क्षति पुर्‍याएको छ । क्षतिको पुर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।