/कास्कीमा मृतक परिवारलाई १ लाख राहत दिइने, घाइतेको निशूल्क उपचार

कास्कीमा मृतक परिवारलाई १ लाख राहत दिइने, घाइतेको निशूल्क उपचार

कास्कीको विभिन्न स्थानमा अविरल वर्षाले जनधनको क्षति पु¥याएपछि विपद व्यवस्थापन समिति कास्कीले आपतकालीन बैठकमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

भर्खरै सकिएको बैठकले ज्यान गुमाएका परिवारलाई १ लाख रुपैयाँ नगद उपलब्ध गराउने निर्णय गरेको हो । राहतसँगै समितिले पीडित घरपरिवारलाई सरकारी मापदण्डअनुरुप थप राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एवं घाइतेहरुको सरकारी अस्पतालमा निशूल्क उपचारको व्यवस्था गरिने समेत जनाइएको छ ।  रिसेस