/प्रभु र गण्डकी मेडिकलबीच सहमति

प्रभु र गण्डकी मेडिकलबीच सहमति

पोखराःप्रभु बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज (टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि)बीच एक्सटेन्सन काउण्टर सञ्चालनार्थ सहमति भएको छ ।

नयाँबजारस्थित मेडिकल कलेजले प्रभु बैंकका ग्राहकहरूलाई अधिकतम १० प्रतिशत सम्म छुट पाउने बताएको छ । उक्त सहुलियत प्रदान गर्ने विषयमा प्रभु बैंककोतर्फबाट प्रादेशिक प्रमुख शान्ति शेरचन र कलेज प्रमुख प्राडा रबिन्द्रप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले सेवा बिस्तार गर्ने क्रममा गण्डकी मेडिकल कलेजको एक्सटेन्सन काउण्टर बाट सम्पूर्ण बैकिङ्ग सहितको सेवा दिन लागेको शेरचनले जानकारी दिनुभयो