सुर्खेतः थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ।
बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए।
उनलाई आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ।