पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी तालिम केन्द्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रहरी नियन्त्रणमा रहेका छन् ।
केन्द्रमै रहेको आफ्नो क्वार्टरमा एक महिलालाई बलात्कार गरेको अभियोग लगाइएको छ । पीडितको महिलाको दिएको जानकारी अनुसार अधिकारीलाई नियन्त्रणमा लिइएको डिएसपी सुवास हमालले जानकारी दिए । महिलालाइ लठ्याउने अैाषधि खुवाएर बलात्कार गरेकाे बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे थाहा पाएपछि भागेका उनलाइ नजिकैकाे जंगलबाट नियन्त्रणमा लिइएकाे थियाे । यस विषयमा महिलाको स्वास्थ्य जाँच र थप छानबीनमा जुटेको प्रहरीले जनाएको छ । रिसेस