/कोरोना अपडेटः आज एकले ज्यान गुमाए

कोरोना अपडेटः आज एकले ज्यान गुमाए

काठमाडौंः नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार रौतहटका ३६ वर्षीय एक पुरुषको आज कोरोनाले मृत्यु भएको हो ।

त्यस्तै, ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।