/आज भेटिए १ सय १

आज भेटिए १ सय १

नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १०१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ५ हजार ८ सय ७१ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ सय ८५ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ११ हजार ५ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० जना रहेको छ ।

पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।  रिसेस