/सरकारले सडक विस्तारको नाममा उठिबास लगाएको भन्दै बालाजुवासी अनशनमा

सरकारले सडक विस्तारको नाममा उठिबास लगाएको भन्दै बालाजुवासी अनशनमा

काठमाडौं उपत्यका विकास प्राधिकरणले एकतर्फी रुपमा डोजर लगाएपछि मैनासहित १८ परिवारको घर भत्किएर सडकमापरिणत भएको छ । आफ्नो घर हराएर बनेको धुलाम्य सडकमा आठ दिनदेखि स्थानीय रिले अनशनमा छन् ।
त्यही अनशनमा सहभागी हुन मैना पनि सकिनसकी बालाजु पुग्छिन् । उनी भन्छिन्, ‘भन्ने बेला दुवै तीर साढे तीन मिटर बाटो काट्ने भन्यो, तर, अर्कोतर्फ नकाटी एकातर्फ मात्रै बाटो विस्तार गर्‍यो, यसो गर्दा हामी घरवारविहीन बन्यौँ ।’
श्यामकृष्ण मानन्धर पनि जग्गाको अस्थायी निस्सादेखि निरन्तर कर तिरेको तिरो बोकेर आमरन अनशनमा बसिरहेका छन् ।‘पहिले दुवै तिर घर कटानको लागि चिन्ह लगाएपछि हामीले आफ्नो तीन मिटर घर काटेर भवन निर्माण गर्दै थियौँ’, उनले भने, ‘तर, ०७० सालमा हाम्रो मात्र घर भत्काएर उठिबास लगायो ।’ अहिले अर्कोतर्फ लगाइएको चिन्ह मेट्न थालेको उनी बताउँछन् ।
अदालतले घर नभत्काउन दिएको आदेश देखाउँदा पनि प्रहरी प्रशासन र प्राधिकरणले जवरजस्ती घर भत्कएको मानन्धर बताउँछन् । ‘हामीलाई प्रहरीले हत्कडी लगाएर थाना पुर्‍यायो । आउदा घर थिएन र घर भित्रको सामाग्री पनि हामीले पाएनौँ’
उनी भन्छन् ।
उनी मात्र होइन अहिले ३६ घरधनीहरू लालपुर्जा, तिरो तिरेको प्रमाण र जग्गाबारे अदालतको फैसला बोकेर रिले अनसनमा बसेका छन् । राज्यमन्त्री रामवीर मानन्धरले आफन्त र आफ्नो फिल्म हल जोगाउनको लागि एकतिरको घर भत्काएर उठिवास
लगाएको उनीहरूको भनाइ छ । सफल सुबेदी