/नेकपा अध्यक्षद्वयको एमसीसीबारे फरक धारणा

नेकपा अध्यक्षद्वयको एमसीसीबारे फरक धारणा

अमेरिकी सरकारको परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मत बाझिएको छ ।अध्यक्ष ओलीले आफूले पूर्ववर्ती सरकारले गरेको एमसीसी सम्झौता कार्यान्वयन मात्रै गरेको बताएका छन् ।

गत शनिबार प्रचण्डलाई सम्बोधन गरिएको जवाफीपत्रमा उनले लेखेका छन्– ‘एमसीसी हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले कार्यान्वयन गरौं भनेर अगाडि बढाउन कोशिस गर्ने चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी ?पार्टीका अर्का अध्यक्ष प्रचण्डले भने एमसीसी सम्झौता पहिलेको भन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्ने गरी पार्टीबाट गोप्य सम्झौता गरेको दाबी गरेका छन् । सफल सुबेदी