मङ्सिर १७, स्याङ्गजा | मंगलबार स्याङ्गजाबाट एक जना सव-इन्जिनियरलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ |
स्याङ्गजा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको भिरकोटमा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर भगवती राउतलाई पक्राउ गरिएको अख्तियारको एक स्रोतले जनाएको हो |
राउतले भूकम्प पुननिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासा गरिदिएबापत घुस मागेको स्रोतले बताएको छ |
उनलाई अख्तियार पोखरा बाट खटिएको टोलीले ५ हजार घुस सहित पक्राउ गरेको थियो |