गण्डकी प्रदेश सरकारद्वारा निशुल्क परामर्श तथा चिकित्सीय सेवा सुरु
मङ्सिर १७, पोखरा | गण्डकी प्रदेश सरकारले मनोसामाजिक परामर्श सेवा सुरु गरेको छ |
सर्वसाधारणलाइ सजिलै सेवा पुगोस भन्ने उद्देश्यले आम गण्डकी प्रदेशबासीलाई मनोसामाजिक परामर्श सेवा र चिकित्सकीय सेवा संचालन गरेको गण्डकी प्रदेशले जनाएको छ |
जो कोहीले पनि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उक्त चिकित्सकीय सेवा तथा मनोसामाजिक परामर्श सेवा लिन सक्ने छन् | जसका लागि प्रदेशले पैसा नलाग्ने फोन नम्बर उपलब्ध गराएको छ |
उक्त समयमा सेवा लिनका निमित्त पैसा नलाग्ने फोन नम्बर १०९२ मा सम्पर्क गर्न सकिनेछ |