/पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा संक्रमण पुष्टि, १५६७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा संक्रमण पुष्टि, १५६७ जना डिस्चार्ज

मङ्सिर १७, नेपालमा पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।पछिल्लो २४ घण्टामा थप १५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १८ हजार १६१ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।