/जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने

जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने

मङ्सिर १८, जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।

कोरोना भाइरसको जोखिम कायमै रहेका बेला जापानको संसद्ले एउटा कानुन नै पारित गरेर देशमा रहेका सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित भएको छ ।

जापानी सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडेर्नासँग सम्झौता गरेको छ भने बाँकी मानिसलाई पुग्ने गरी एस्ट्राजेनेकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले बताएकाे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ ।