मङ्सिर १८, बिहिवार सुनको मुल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो ।
तर महासंघकाअनुसार आज छापावाल सुनको मूल्य १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।
त्यसैगरी , आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।