/राज्यका सबै क्षेत्रमा फरक क्षमता भएकाहरुको समान पहुँच स्थापित गरिनुपर्नेमा राष्ट्रपतिको जोड

राज्यका सबै क्षेत्रमा फरक क्षमता भएकाहरुको समान पहुँच स्थापित गरिनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकहरुको हक हितका लागि सरकारले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको उल्लेख गर्नुहँदै यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति भन्डारीले उनीहरूलाई क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवम् सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने तथा तिनको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ