/कोरोना प्रभावित ऋणीको धितो लिलामी हुदैन : नेपाल राष्ट्र बैंक

कोरोना प्रभावित ऋणीको धितो लिलामी हुदैन : नेपाल राष्ट्र बैंक

मङ्सिर १९, कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभएका कोरोना प्रभावित ऋणीको धितो लिलाम नहुने व्यवस्था जनाएको छ । यसलाई नीतिगत व्यवस्थाकै रुपमा परिभाषित गरेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले धितो लिलामी गर्न लागेको गुनासो गर्दै केही व्यवसायीहरुले राष्ट्र बैंकको सहयोग मागेका थिए । समीक्षा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको महामारी रहेसम्म व्यवसायीको लागि लचिलो बन्ने बताउनुभयो ।