/देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा

देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा

 आज देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

शुक्रबार १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमितमध्ये १० हजार ३ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा ५ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  १७७५, प्रदेश २ मा २४२, लुम्बिनी प्रदेशमा ४५९, सुदूरपश्चिम प्रदेशमा ५५८, गण्डकी प्रदेशमा ४५९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।