/नेपालमा आज थप १२७२ जनामा संक्रमण पुष्टि,१५७५ जना डिस्चार्ज

नेपालमा आज थप १२७२ जनामा संक्रमण पुष्टि,१५७५ जना डिस्चार्ज

मङ्सिर २०, नेपालमा आज थप १२७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३१ जनाको गरिएको पीसीआर परीक्षणमा १२७२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १५७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २१ हजार ८ सय ४७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५६७ रहेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।