/जागाैं नेपालकाे केन्द्रिय भेलाकाे तयारी तिब्र, कास्कीमा समिती गठन

जागाैं नेपालकाे केन्द्रिय भेलाकाे तयारी तिब्र, कास्कीमा समिती गठन

पाेखरा ।  भ्रष्ट्राचार विरुद्धको राष्ट्रिय अभियान जागौं नेपाल कास्कीमा नारायणहरि तिवारीकाे संयाेजकत्वमा ११ सदस्यीय कार्य समिती गठन भएकाे छ ।

शनिबार पोखराको सहिद पार्कमा भएको सामाजिक अभियान्ताहरुको एक भेलाले स्मृति बराललाई सहसंयोजक र यमप्रसाद आचार्यलाई सदस्य सचिवको जिम्मेबारी दिएको जागौं नेपालको केन्द्रिय सुचना अधिकारी ज्ञानु आचार्यले जानकारी दिइन् । 

जागौं नेपाल कास्कीको सदस्यहरूमा यादव प्रसाद तिमिल्सिना , सावित्री शर्मा, बिष्णु प्रसाद देवकोटा र बिमल आचार्य चयन भए ।  त्यस्तै गरि  ईन्द्र दत्त तिवारी , युवराज थापा र  चिन बहादुर नेपाली पनि कार्यसमिती सदस्यमा चयन भए ।

 केन्द्रीय संयोजक दीपक आचार्यको अध्यक्षतारहेको  कार्यक्रमको सुरुवातमा केन्द्रीय सह संयोजक शिवदाईले स्वागत तथा अभियानको बारेमा आफ्नो केही कुरा राख्नु भएको थियो, आजको कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य सचिव ज्ञानु आचार्यले गर्नु भएको हो। आजको कार्यक्रममा कास्की जिल्ला समिति गठन पनि भएको छ।

संयोजकमा नारायण हरी तिवारी , सह संयोजकमा स्मूती बराल र सचिवमा यम .प्र.आचार्य सहितको समिति बनेको छ। कार्यक्रमको अन्त्यमा केन्द्रीय संयोजक दीपक आचार्यले मंसिर २४ ( अन्तर्राष्ट्रिय भष्ट्राचार दिवस)को दिन कार्यक्रम हुने र त्यस कार्यक्रम भब्य र सभ्यताको साथ मनाउने जानकारी दिदैं कार्यक्रम सम्पन्न गर्नु भएको थियो।

सामाजिक अभियान्ताहरुको राष्ट्रिय भेलाकाे तयारी स्वरूप याे कार्यक्रम तय गरिएकाे हाे । जागौं नेपालकाे हाल सम्म सातै प्रदेश , ७७  जिल्लामा समिती गठन गरिएकाे छ । देशका सबै स्थानिय (तह) निकाय सम्मै पुग्ने गरी जागाैं नेपालले हरेक  दिन साँझ ७ बजेदेखि ९ बजे सम्म जुम मार्फत युद्धस्तरमा काम गरिरहेकाे छ ।