/शनिबार गण्डकी प्रदेशभर १ सय १९ जनामा संक्रमण पुष्टि ,३ को मृत्यु

शनिबार गण्डकी प्रदेशभर १ सय १९ जनामा संक्रमण पुष्टि ,३ को मृत्यु

मङ्सिर २०,पोखरा | शनिबार गण्डकी प्रदेशमा  १ सय १९ संक्रमित थपिएका छन् । ४ सय ७३ जनाको  स्वाब परीक्षण गर्दा  १ सय १९ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ९८ पुगेको छ । 

संक्रमित हुनेहरुमा  कास्कीका ५९, लमजुङका २१, बागलुङका १८, गोरखाका ७, तनहुँका ६, म्याग्दीका ३, पर्वत र मुस्ताङका २/२ र स्याङ्जाका १ जनामा पोजेटिभ देखिएको निर्देशनालयले बताएको छ ।

हालसम्म  कुल संक्रमितमध्ये ७ हजार २ सय ९२ जना निको भएका छन् । 

त्यस्तै  प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ पुरुषको शनिबार बिहान र १ महिलाको शुक्रबार राति मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ का ८० वर्षे वृद्ध, पोखरा १७ का ५७ वर्षे पुरुष र पोखरा ११ की ७२ वर्षे महिला छन् ।

यो संगै  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।