मङ्सिर २१, तनहुँ | तनहु नाहालास्थित सुमिरा होटलमा कार्यरत एक युवक मृत अवस्थामा भेटिएका छन् |
लामो समय देखि होटलमा कार्यरत होम बहादुर गुरुङ्ग होटलको छेउमै मृत अवस्थामा भेटिएका हुन् |
गोरखा आरुघाट गाउँपालिका ४ सेखा घर भएका उनलाई मृत अवस्थामा भेटेको भन्दै बन्दीपुर १ स्थित समिरा होटलका मालिक सुनिल अधिकारीले उनका दाइलाई जनाकारी गराएका थिए | उक्त जानकारी पाइसकेपछि मृतक होमबहादुर गुरुङ्गका दाइ प्रकाश गुरुङ्ग त्यहाँ पुग्दा लछार पछार अवस्थामा आफ्ना भाइलाई मृत अवस्थामा भेटेको बताएका छन् |
होटलका साहु अधिकारीले सुरुमा मृतकलाई मारेर झ्याल बाट फालिएको हुनसक्ने बताएपनि उनका दाइ प्रकाशले भने होटलको रेलिङ्ग बाट फालिएको हुन सक्ने दाबि गरेका छन् , उनका दाइ प्रकाशले रिपोर्टर्स सेभेन संग भने ,”भाइलाई झ्यालबाट नभई रलिंग बाट तल फालिएको जस्तो देखिन्छ |”
दाइका अनुसार काठमान्डौ देखि होमबहादुर गुरुङ्गका केहि साथीहरु आएर होटलमै संगै बसेको बताइएको छ |
घटनाको छानबिनका लागि होटलका सबैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ | प्रहरी र आफन्तको रोहोबरमा मृतक शरीरलाइ पोष्टमर्टमको लागि पस्चिमान्चल क्षेत्रीय अस्पतालमा राखिएको छ |