/स्थायी कमिटी बैठकका लागि नेकपा नेताहरु धुम्वाराहीमा , सुरक्षा ब्यवस्था कडा

स्थायी कमिटी बैठकका लागि नेकपा नेताहरु धुम्वाराहीमा , सुरक्षा ब्यवस्था कडा

मङ्सिर २१, काठमाण्डाै | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् । 

पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालयमा तय भएपछि यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको प्रहरीले जनाएको छ । पहिलाे घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।