पोखरा पृथ्वीचोकको एक होटलमा एक पुरुषको शव फेला परेको छ ।
पृथ्वीचोक बसपार्कस्थित सुवास होटलमा केहि दिनदेखि बस्दै आएका एक पुरुष मृत अवस्थामा फेला परेको हुन् | मृतकले होटलको रेकर्ड अनुसार जोमसोम ६ ठेगाना टिपाएको होटल संचालकले बताएका छन् |
मृतक मिन बहादुर गुरुङ आइतबार दिउँसो १ बजेको समयमा बसिरहेकै कोठामा मृत फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ |
घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ |