मङ्सिर २२, सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक
सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार
छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।