/पोखरा सराङकोटमा सोमबार दिउसो एक महिला मृत भेटिएकी छन

पोखरा सराङकोटमा सोमबार दिउसो एक महिला मृत भेटिएकी छन

पोखराको सराङकोटमा सोमबार दिउसो एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा(१८ सराङकोट सिमताल स्थित कृष्ण जिसीको घरमा डेरामा बस्ने ५५ वर्षीया मञ्जु राई मृत फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगा वंखु गाउँपालिका(६ घरभई पोखरामा ज्यामी काम गर्दै आएकी मञ्जु सोमबार दिउसो १२ः१५ बजे मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रवावु रेग्मीले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।