/भोलि औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा हुने

भोलि औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा हुने

डिआर काफ्ले,

मङ्सिर २२,  भोलि मंसिर २३ गते १:४५ बजे सगरमाथाको नयाँ उचाई घोषणा हुने भएको छ ।

सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभएको छ ।

सगरमाथाको अहिलेसम्म मानिदै आएको उचाइ ८,८४८ मिटर छ । यो पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको सगरमाथाको उचाइ हो । त्यस यता हालसम्म अधिकारिक रुपमा सगरमाथाको उचाइ मापन गरिएको थिएन ।

केही महिना अगाडि बाट खटिएको टोलिले सगरमाथा को नयाँ उचाइको मापन गरिसके पछि त्यसलाइ औपचारिक रुपमा घोषणा गर्न लागिएको भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रि अर्यालले बताउनुभएको छ । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमान गरिएको छ । 

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।