/भ्रामक संदेश फैलाएको अभियोगमा पोखराका दुई किशोर सहित ३ जना पक्राउ

भ्रामक संदेश फैलाएको अभियोगमा पोखराका दुई किशोर सहित ३ जना पक्राउ

कास्की – भ्रामक संदेश फैलाएको अभियोगमा प्रहरी प्रधान कार्यालयले पोखराका २ किशोर सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१७ छोरेपाटनका १७ वर्षीय र घारीपाटनका १५ वर्षीय किशोर सहित ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका -९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन रहेका छन् ।

साइबर ब्युरोका अनुसार उनीहरुले लोकेसेवा आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेका हुन् । आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्यूरोमा परेपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो ।

उनीहरुले विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।