/दुर्घटनामा परि घाइते भएकी   युवतीको ज्यान गयो

दुर्घटनामा परि घाइते भएकी   युवतीको ज्यान गयो

धनगढीमा भएको  दुर्घटनामा परि घाइते भएकी  युवतीको ज्यान गएको छ | 

धनगढीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो  । दुर्घटनामा गम्भीर घाइते भएकी १७ वर्षीया मनीषा श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् ।

धनगढी–३ बस्ने ३० वर्षीय ट्याक्टर चालक सञ्जीव राना अहिले प्रहरीलको नियन्त्रणमा छन् ।