/उखु किसानले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा

उखु किसानले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा

सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् ।

‘मंसिर २७ गते बेलुका सर्लाहीबाट हामी पाँच सय जना किसान काठमाडौंका लागि हिँड्दै छौं, २८ गते माइतीघर घेराउ गर्छौं, सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको संरक्षक मिश्रले बताए ।

सरकारले किसानसँग पटक-पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।

काठमाडौं केन्दि्रत आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ ।