कास्की । पोखरामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मूत्यु भएको छ । पोखरा महानगरपालिका ३४ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो मूत्यु भएको हो । उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १७२ पुगेको छ ।